अपडेट 
२०७७ माघ १४, बुधबार ०७:४९

सर्लाहीको कबिलासी नगरपालिकाका मेयर कौशल यादवले करिब ८ करोड रुपैया लागतमा बन्ने ग्रामिण सडक (कालोपत्रे) निर्माणको शिलान्यास गरेका छन् ।

कबिलासी न.पा.को मदनपुर बाल्मिकी आश्रम देखि गर्गठनाथ–गढिमाई सर्लहिया हुदै पिपरिया बजार सम्म जोड्ने कालोपत्रे सडक निर्माणको एक कार्यक्रम गरि शिलान्यास गरिएको हो । जम्मा दश वटा वडा रहेका यस नगरपालिकामा उक्त सडकले ६ वटा वडा जोड्ने कार्यक्रमलाई सम्बाेधन गर्दै कबिलासी न.पा. का मेयर कौशल यादवले बताए । ६ वटा वडाका करिब ४० हजार नगरवासी यस सडकबाट प्रत्यक्षरुपमा लाभान्वित हुने मेयर यादवको भनाई छ । सडकको दुबै तर्फबाट १–१ मिटर सेड सहित साढे ५ मिटर चौडाई र करिब ५.५ किलोमिटर लम्बाई रहेको यो सडक कालोपत्रे भएपछि कबिलासीको जनताले मात्र नभई आसपासका गाँउपालिका र नगरपालिकाको जनताले समेत सुख भोग्ने मेयर यादवको कथन रहेको छ ।

सडक बनिसकेपछि स्थानीय कृषि उपजलाई पनि नजिकको बजारसम्म पु¥याउन सहज हुने र किसानको जिवन स्तरोन्नती समेत हुने मेयर यादवले विश्वास व्यक्त गरे । ३ वर्ष भित्र मिती २०७९ ।०१ । १० गते सम्म सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको ठेक्का हिमडुङ्गा एण्ड थाकेर आश्रय निर्माण सेवा काठमाडौँले पाएका छन् । ठेकेदार कम्पनीले ७ करोड ९९ लाख ४८ हजार ६ सय ७६ ( भयाट सहित ) लागत अनुमान रहेको ठेक्का ठेकेदार कम्पनीले ६ करोड २० लाख ७२ हजार ६ सय ३४ रुपैयामा सम्झौता गरेको छ । तिन वर्ष भित्र सम्पन्न गर्नुपर्ने उक्त सडक डेढ वर्षमै समपन्न गर्ने लक्ष्य सहित काम अगाडि बढाइएको ठेकेदार कम्पनीलाई उदृत गर्दै मेयर यादवले भने । शिलान्यास कार्यक्रम कबिलासी वडा नं १ का वडा अध्यक्ष संजिव कुमार यादवकाे अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रममा नगरपालिका कि उपमेयर,प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीदय तथा स्थानीयकाे बाक्लो उपस्थिति देखा परेकाे थियाे ।

Comment


Related News

Latest News

Trending News