अपडेट 
२०७७ माघ १४, बुधबार ०८:०६

यातायाता व्यवस्था कार्यालय जनकपुरमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गरेको छ ।

कार्यालय समयको अन्त्यतिर बर्दिबासबाट आएको अख्तियारको टोलीले कार्यालयमा प्रवेश गरेको थियो । अख्तियारको टोली कार्यालयमा प्रवेश गरेपछि कर्मचारीमा भागाभाग मचेको थियो । कार्यालय प्रमुख बीरेन्द्र साहको उपस्थितिमा टोलीले आवश्यक कागजातहरु नियन्त्रणमा लिएको श्रोतले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको दराजको ताल्चा फोडेर शंकास्पद कागजातहरु नियन्त्रणमा लिएको कार्यालय श्रोतले जनाएको छ । छतमा रहेको पानी ट् यांकीमा समेत टोलीले चेकजाँच गरेको बुझिएको छ । लाइसेन्स वितरणमा रकम लेनदेन हुने गरेको जनगुनासो बढेपछि यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले निगरानी बढाएको छ । अख्तियारको टोली करिब तीन घण्टासम्म कार्यालयमा बसेका थिए । उनीहरुले शंका लागेको शाखा र दराजहरुको समेत चेकजाँच गरेर कागजातहरु नियन्त्रणमा लिएका थिए ।

यातायात कार्यालयमा सेटिङमा लाइसेन्स वितरण हुने गरेको जनगुनासो छ । कर्मचारीहरुले रकम लिएर लाइसेन्सको परीक्षा उत्तिर्ण गराउने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News