अपडेट 
२०७७ माघ १४, बुधबार ०८:११

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले श्रमजीवी युवाहरु विदेश पलायन हुने क्रम नरोकिए सम्म मुलुक विकासले गति नलिने बताएका छन ।

राष्ट्रिय युवा परिषदको आयोजना र निजगढ नगरपालिकाको सहआयोजनामा निजगढमा मंगलवार आयोजित सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उध्यमशिलता तथा वित्तीय साक्षरता तालिमको उद्घाटन गर्दै यूवाहरुको श्रम नेपालको पसिनामा सहउपयोग गर्नुपर्ने धारणा ब्यतm गर्दै सरकारले नेपालमा नै रोजगारीको सृजना गर्नुपर्ने कुरामा जोड दिए । कृषि,पशुपालन,विभिन्न शिपमुलक तालिम तथा कार्यक्रमहरुलाई वार्षिक रुपमा प्राथमिकताका साथ संचालन गर्दै आईरहेकोले युवाहरुलाई आत्मनिर्भर बन्ने मार्ग प्रशस्त भएको जानकारी दिए । वैदेशिक रोजगारबाट फर्किएकाहरुको समुह रिटर्नी मईग्रेट नेपालको संयोजनमा संचालित उक्त तालिम माघ १९ गतेसम्म हुनेछ । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल,राष्ट्रिय युवा परिषदका उपसचिव केवलिराम अधिकारि,निजगढ नगरपालिका शिक्षा शाखाका प्रमुख उत्तम लामिछाने लगायतले सम्बोधन गरेका थिए । तालिममा निजगढ नगरपालिका भित्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।

Comment


Related News

Latest News

Trending News