अपडेट 
२०७७ माघ १४, बुधबार ०८:१७

प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश दुधमा आत्मनिर्भर बनाउने बताएका छन् ।

राष्ट्रिय दुध विकास बोर्डद्वारा माघ ६ गतेदेखि जनकपुरमा सुरु गरिएको दुध उत्पादन बढाउन तथा पशुलाई सन्तुलित अहार खुवाने सम्बन्धि ५ दिने तालिमको समापन समारोहलाई मंगलवार जनकपुरमा सम्बोधन गर्दै राज्यमन्त्री यादवले यस्तो बताएका हुन् । अन्य प्रदेशको तुलनामा यहाँ कृषिको सम्भावना बढी रहेको भन्दै यहाँ पशुपालन गरेर दुधमा प्रदेशलाई सहज रुपमा आत्मनिर्भर बनाउन सकिने राज्यमन्त्री यादवको तर्क थियो । प्रदेश सरकारले पशुपालन गर्न किसानहरुलाई समय समयमा राहत तथा अनुदान दिदै आएको राज्यमन्त्री यादवले दावी गरे । कार्यक्रममा राष्ट्रिय दुध विकास बोर्डका प्राविधिक निर्देशक तथा प्रशिक्षक डा. बालक चौधरीले पछिल्लो समय दुध उत्पादनमा खर्चिलो भईरहेको घाँसमा आधारित पशुपालन गर्नुमा जोड दिए । पशुपालन गर्ने किसानलाई जौ, भेज,नेपियर लगायतका उन्नत जातका घाँस खुवाएर पशुपालन गरेको खण्डमा दुध उत्पादनमा कमि आउने डा. चौधरीले बताए ।

राष्ट्रिय दुध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको अध्यक्षतमा सम्पन्न तालिममा प्रदेशका धनुषा, महोत्तरी, बारा र सिरहाबाट पशु किसानहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News