अपडेट 
२०७७ माघ १४, बुधबार १५:१२

वीरगञ्ज । भारतको वीरगन्जस्थित महावाणीज्यदुतावासले मंगलबार ७२औं गणतन्त्र दिवस मनाएको छ ।

वीरगञ्जको श्रीपुरमा अवस्थित भारतीय महावाणीज्य दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणीज्य दुत नितेश कुमारले भारतको झण्डोतोलनगर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा जारी गरिएको सन्देश वाचन गरेका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ७२औं गणतन्त्र दिवसको कार्यक्रममा शुभकामना व्यक्तगर्दै नेपाल–भारतको असल मित्र भएको बताएक । युगौंदेखिको नेपाल– भारत बीच बहुआयामिक सम्बन्ध रहेको उल्लेखगर्दै उनले भने, ‘ दुई देशबीचको सम्बन्ध सरकार स्तरीय मात्र नभइ जनस्तरमा सृदृढ रहेकोछ । ‘नेपाल–भारत बीचको सम्बन्ध जनजनको सम्बन्ध रहेकोछ’ राउतले भने, नेपालमा आएको विनाशकारी भुकम्प होस् वा टोरनाडो अथवा अहिले पुरा बिश्व नै आक्रांत रहेको कोरोनामा पनि भ्याक्सिन प्रदान गरेर भारतले अतुलनीय सहयोग गरेको छ ।’ कोरोना भाइरस महामारीको बेला भारतले कोरोनाको भ्याक्सिन प्रदान गरी अतुलनिय सहयोग गरेकोमा भारत सरकारलाई उनले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउत,भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, विघटित प्रतिनिधिसभा सदस्य प्रदिप यादव, प्रदेशसभा सदस्य जन्नत अंसारी, करिमा बेगम, भिमा यादव, भारतीय महावाणीज्य दुत नितेश कुमार, महानगरप्रमुख बिजय कुमार सरावगी लगायतले शान्तिको प्रतिक बैलुन उडाएका थिए । महावाणिज्य दुतावासका सुचना,सांस्कृती तथा सुरक्षा बाणिज्यदुत सुरेश कुमारले कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे । गणतन्त्र दिवसको कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा अधिकारी, उद्योगपति, संचारकर्मी लगायत नेपालमा रहेका भारतीय नागरिकहरुको सहभागिता रहेको थियो । भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप प्रदेश २ मा बुधवार नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज, प्रादेशिक अस्पताल जनकपुरधाम र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट एकै साथ १० शुभारम्भ हुनेछ । यसैगरि काठमाण्डुस्थित भारतीय राजदूताबासमा पनि ७२औं गणतन्त्र दिवसको अवसरमा झण्डोतोलन कार्यक्रम गरिएको छ । नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले झण्डोतोलन गरे ।

यस्तै भारतको राजधानी नयाँ दिल्लीमा रंगारंग कार्यक्रम गरी ७२औं गणतन्त्र दिवस मनाइएको हो । गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा यस वर्ष बांग्लादेशी सेनाको एक टोलीले सहभागीता जनाएका छन् । यसअघि फ्रान्स र युएईका सेनाले परेडमा सहभागीता जनाएका थिए । सन् २०१९ मा भारतीय वायु सेनामा समावेश गरिएको लडाकू विमान रफालले पनि परेडमा सहभागी भएको थियो । यता, लामो समयदेखि विवादमा रहेको अयोध्याको राममन्दिर निर्माण हुन लागेपछि उत्तरप्रदेश राज्यले राममन्दिरको नमूना झाँकीमा प्रदर्शन गरे ।

Comment


Related News

Latest News

Trending News