अपडेट 
२०७७ माघ १४, बुधबार १६:४६

नेपालमा बुधबार थप २८३ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ४३८२ वटा परिक्षणका क्रममा थप २८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ९, ललितपुरमा १३ र काठमाडौंमा १२२ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म २ हजार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप २४६ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६५ हजार ६९ संक्रमित निको भएका छन् ।

नेपालमा हाल ३ हजार २८६ जना आइशोलेशनमा छन् भने १२२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ५७ हजार ६९ वटा पिरिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News