अपडेट 
२०७७ माघ १५, बिहीबार ०८:०७

केहि दिन देखि पच्छिमी हावा सँगै बढेको चिसोको कारन जनजीवनमा नकारातमक असर परेको छ ।

चिसोको कारन दैनिकी कामकाज पानी प्रभावित भएको हो । दिन रात चलिरहेको चिसो हावाको कारन बढेको शीतलहरले जीवन कस्टकर बनेको हो । बाक्लो हुसूले सवारी साधन चलाउन तथा पैदल यात्रा गर्न कठिन समेत भएको छ । अधिक रुपमा चिसो बढेपनि स्थानीय सरकारले आगो ताप्ने व्यवस्था ठाउ ठाउमा नगरेकोले स्थानियहरु आक्रोशित भएको छ । गौर बस पार्कमा आउने यात्रुहरुलाई जाड़ो छल्ने तत्काल व्यवस्था नभएको कारण यात्रुहरुलाई सस्ती भोग्नु परिरहेको साना तथा मझौला यातायात संघका प्रदीप यादवले बताए ! सार्वजानिक ठाउमा दाउराको व्यवस्था नगरपालिकाले गर्नु पर्नेमा नगरेको गुनासो पोखे । लामो दुरीबाट यात्रा गरेर आउने यात्रु लाइ कठ्याङ्ग्रिनु पर्ने बाध्यता रहेको यादवको भनाइ रहेको छ । टेम्पो मैजिक चालकहरुले चिसोबाट राहत पाउन गाडीको पुराणों टायर बालेको देखिएको थियो । दाउरा नभएर पुरानो टायर बालेको चालक ईश्वर र पोखरेलले बताए । चिसोबाट जोगिनु पर्ने बैकल्पिक उपाए अपनाएको छू उनले भने स्थानीय सरकारले अहिलेको मौषममा जनताको ज्यान जोगाउनु पर्ने ध्यान दिनु पर्ने छ ।

अचानक बढेको विद्यालयमा अध्यन गर्ने बालबालिका , बाटो हिड्ने बटुवा , सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राही ,खेतमा काम गर्ने किसानहरु , जेष्ठ नागरिक प्रभावित भएको हो ।

Comment


Related News

Latest News

Trending News