अपडेट 
२०७७ माघ १५, बिहीबार ०८:४५

सिरहा, १४ माघ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सिरहाको गोलबजार ३ जमदहमा न्यानो कम्वल वितरण गरेको छ । स्थानीयतहसँगको समन्वयमा एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट प्रात कम्वल एक सय ९० जना दलित विपन्नलाई वितरण गरेको हो ।

एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट ४ सय ९० थान न्यानो कम्वल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कणेलले जनाए । जसमध्ये एक सय ९० थान गोलबजार ३ का दलित विपन्न परिवारलाई वितरण गरीएको छ । पछिल्लो केही दिनदेखि लागातार लागेको कुहिरो र शितलहरका कारण जनजीवन प्रभावित भएकोले जिल्ला विपद व्यवस्थापन समिति सक्रिय रहेको बताए । समितिले जिल्लाको १७ वटै स्थानीय तहलाई कार्ययोजना बनाएर पठाएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । उनले जिल्ला विपद व्यवस्थापन समितिले हुनेले नहुनेलाई सहयोग गर्ने गरी सर्वसाधारणसँग पनि अनुरोध गरिरहेको जनाए । उनले सोही अनुसार जिल्लाका विभिन्न स्थानहरुमा व्यक्ति, संस्था तथा स्थानीय तहहरुले शितलहर प्रभावितहरुलाई न्यानो कपडा सहयोग गरिरहेको बताए ।

बाल बालिका, वृद्ध विद्धा, अपाङ्ता भएका व्यक्तिहरु, विपन्न सुत्केरी महिला, विरामीहरु प्रभावित भएका छन् । त्यसलाई रेसपोन्स गर्ने काम पनि संगसँगै भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । वितरण कार्यक्रममा वडा अध्यक्ष धनप्रसाद लामा, एनआईसी एसीया विकास बैंकका गोलबजार शाखाका प्रमुख प्रदिप साहको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News