अपडेट 
२०७७ माघ १५, बिहीबार ११:३८

अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्ट विश्वका ७० भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

कोभिड १९ भन्दा तीव्र गतिमा संक्रमण फैलिरहेको नयाँ प्रजातिको कोभिड झन् घातक भएको विश्व स्वास्थ्य संगठनको बताएको हो । डब्ल्यूएचओले यसबारे आफ्नो साप्ताहिक रिपोर्ट जारी गर्दै नयाँ भेरियन्टको नाम B.1.1.7 या VOC 202012/01 राखेको छ । डब्ल्यूएचओले भनेको छ, ‘बेलायत, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डमा नयाँ भेरियन्टका संक्रमित तीव्र रुपमा कम भएका छन्, यसले केही राहत प्रदान गरेको छ ।’

बेलायतमा पाइएको भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको भेरियन्टभन्दा भिन्न भएको डब्ल्यूएचओले बताएको छ । दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट त्यति तीव्र गतिमा फैलिन नसक्ने जनाइएको छ । दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट ३१ देशसम्म पुगिसकेकाे पनि रिपाेर्टमा सार्वजनिक गरिएकाे छ ।

Comment


Related News

Latest News

Trending News