अपडेट 
२०७७ माघ १५, बिहीबार १४:२४

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि बिहीवार (आज) पनि बहस भइरहेको छ । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको दाबीसहित परेका १३ वटा रिटमाथि माघको ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

बिहीवारको बहसको सुरुमा अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले खारेजीको माग गर्नुभएको छ । यसैबीच प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बहस गर्ने अधिवक्ताले अब जम्मा १५ मिनेटको समय पाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले एउटै अधिवक्ताले लामो समय लिएर बहस गर्दा सुनुवाइ निकै लामो समयसम्म जाने भएको भन्दै जम्मा १५ मिनेटको समय निर्धारण गर्नुभएको हो ।   

Comment


Related News

Latest News

Trending News