अपडेट 
२०७७ माघ १५, बिहीबार १५:४८

प्रतिकुल मौसमका बाबजुद पनि सप्तरीको कोशी ब्यारेजमा श्रद्धालुहरुले उल्लेख्य संख्यामा कोशी स्नान गर्दै मेला भरेका छन् ।

पौष शुक्ल पूर्णिमाको तिथिमा लाग्ने एक दिने पुसि पुर्णिमा मेलामा नेपालका साथै भारतका हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको छ । यस तिथिमा कोशी स्नान गर्दा गंगा स्नान सरह पूण्य मिल्ने र पाप मोचन हुने जनविश्वासका साथ श्रद्धालुहरु स्नानका लागि आउने गर्दछन् । विगत १० दिनदेखीको शितलहरका कारण मौसम प्रतिकुल रहेपनि बिहीबार बिहानैदेखी स्नान गर्नेहरुको घुँइचो लागेको स्थानिय रामेश्वर रायले बताए । सप्तरी–सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजस्थित सप्तकोशीमा स्नानका साथै भब्य मेला लाग्ने गरेका कारण कोशी ब्यारेज आसपास क्षेत्रका समेत नरनारीको हजारौंको संख्यामा उपस्थिति रहेको छ । घरका आवश्यक सरसामान तथा कृषि कार्यमा आवश्यक पर्ने सामानहरुको विशेष आकर्षण रहने गरेको यस मेलामा सबै वर्गका मानिसको उपस्थिति रहने गरेको छ ।

यसका साथै कोशी स्नान गरेर दही, च्युरा, जिलेबी तथा अन्य मिठाईहरु लगायतका सात्विक भोजन गर्ने परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताउँछन् । कोशी मेला भर्नकै लागि हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक दिनका लागि सार्वजनिक विदा समेत दिएको छ ।

Comment


Related News

Latest News

Trending News