अपडेट 
२०७७ माघ १५, बिहीबार १६:५१

नेपालमा बिहीबार थप २१३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । त्यस्तै थप २९६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६५ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण २ हजार २० जनाको ज्यान गएको छ । हाल मुलुकभर ३२ सय ३ जना आइशोलेशनमा छन् भने ११३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २० लाख ६० हजार ८६० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News