अपडेट 
२०७७ माघ १६, शुक्रबार ०७:४०

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्रि एनपी साउदले संसद पुनरस्थापना भए देशमा अझै अन्योलता र जटिलता थप्ने निश्चित भएको कुरामा जोड दिएका छन ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराले आयोजना गरेको भेटघाट कार्यक्रमलाई कलैया स्थित रहेको पार्टी कार्यालयमा बिहीबार सम्बोधन गर्दे साउदले संसद पुनरस्थापना भए राष्ट्रपतिलाई महाअभियोग लगाउने सम्मको काम हुन सक्ने भएको हुदा नेपाली काँग्रेसलाई संसद पुनरस्थापना भन्दा निर्वाचनमा जानु फलदायी हुने कुरामा जोड दिए । लोकतन्त्रमा विस्वास गर्ने पार्टी भएको हुदा चुनावबाट भागेर कहिलेपनि नजाने बताउदै चुनावको तयारीमा लाग्न नेताहरुलाई आग्रह समेत गरेको थियो । दुई तिहाईको केपीशर्मा ओलीले नेतृत्व गरेको सरकार तीन बर्षमै फेल खानु जनताको जनमतको उपहास नेकपा र तिनको सरकारले गरेको हुदा जनताको माईन्डेड पनि निर्वाचन रहेको हुदा ताजा जनादेशका लागि सबै राजनितिक शतिmहरु तयार हुनुपर्ने पुर्व मन्त्रि साउदको भनाई रहेको थियो । अहिले नेपाली काँग्रेसमा सहमति, सहकार्य र एकताको खाचो रहेको हुदा बिगतका सबै कमीकमजोरीहरुलाई बिर्सेर एकजुट भई अगाडी बढनुपर्ने आजको नितान्त आवश्यकता रहेको साउदले भने ।

फरक प्रसंगमा पुर्व मन्त्रि साउदले भदौमा नेपाली काँग्रेसका अधिवेशन गर्ने कानुनी जटिलता रहेको हुदा जसरी पनि अधिवेशन भएर छाडने बताउदै युवाहरुको अधिक सहभागिता नेतृत्वमा आउने जानकारी गराए । पार्टी सभापति जयचन्द्र चौरसियाको सभापतित्वमा सम्पन्न सो भेटघाट कार्यक्रममा पुर्व मन्त्रि गोबिन्द्र बहादुर शाह, संविधानसभा सदस्यहरु कलावती पासवान, डा. शोभाकर पराजुली, रामअयोध्या प्रसाद यादव, मधु शाही, पार्टीका जिलला उपसभापति सुरेन्द्र कलवार, सचिव मनोज भट्र, अर्का सचिव हरेन्द्र यादव, कोषाअध्यक्ष चन्द्रशेखर यादव, संगठन प्रमुख शम्भु बुढाथोकी, सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादव, निजगढका नगरसभापति महेशी कुवर, कलैया उपमहानगरपालिकाका नगरसभापति पुरुसोतम सिह भट्रराई, तरुणदलका अध्यक्ष लुकेश सिह, महिला नेतृ निरुराय माझी लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News