अपडेट 
२०७७ माघ १६, शुक्रबार ०७:४६

छोरी बलात्कार गरी फरार बुवालाई प्रहरीले पक्राउ गरेको छ । छोरी बलात्कार गरी फरार भएको आरोपमा धनुषाको कमला नगरपालिका–५ का भोला यादवलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

धनुषा घर भइ हाल काठमाडौ गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार छोरीलाई बलात्कार पछि कुटपिट गरी फरार भएका थिए । फरार यादवलाई बिहिबार दिउसो जनकपुरधाम–८ रामानन्द चोकबाट पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए । यादवलाई पक्राउ गरी थप अनुसन्धानकालागि महानगरीय प्रहरी वृत बौद्ध काठमाण्डौमा पठाईएको महानगरीय प्रही वृत बौद्ध काठमाण्डौमा छोरी बलात्कार गरी फरार भएको पिडितबाट निवेदन आएपछि वृतको पत्र अनुसार खोजतलास गर्ने यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

बलात्कारपछि भएको कुटपिटले रगत पच्छे भई अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रामा सेन्टर उपचार भइरहेको प्रहरीले जनाएको छ । आमा अर्को छोरीलाई उपचारकालागि नेपाल मेडिकल कलेजमा गएको मौका छोपेर यादव अर्की छोरीको बलात्कार पछि कुटपिट गरी फरार भएका थिए ।

Comment


Related News

Latest News

Trending News