अपडेट 
२०७७ माघ १६, शुक्रबार ०८:०६

अन्नपुर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई काठमाण्डुबाट पक्राउ गरी सर्लाही ल्याइएको छ ।

उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले बुधबार पक्राउ गरी बिहिबार साझ सर्लाही ल्यायएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगि अपराधि, विश्वासघात र अपारधिक आर्थिक लाभ मुद्धा दर्ता प्रहरी उपरीक्षक राठौरले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि अग्रवाललाई सर्लाही ल्यायएको हो ।

सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले उखु किसानले १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर सर्लाही ल्यायएको हो । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई आठ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको चार करोड ७० लाख गरी दुई चिनी मिलले २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मङ्गलबार साँझसम्म अन्नपूर्णले १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले ८३ लाख गरी १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् । यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News