अपडेट 
२०७७ माघ १६, शुक्रबार ०८:१०

जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्णा साहले नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप लिन स्वास्थ्यकर्मीहरु उत्साहित रहेको बताएका छन ।

भारत सरकारले अनुदान बापतमा उपलब्ध गराएको कोभीड़ १९ विरुद्ध को खोप लगाउने औपचारिक रुपमा बुधवार देखि नेपालमा शुरू भएको भोली पल्ट खोप लिनु भएका डाक्टर साहले खोप लैब तथा बैज्ञानिक द्वारा प्रमाणित रहेकोले खोपबाट कोरोना संक्रमणबाट बाचिन सकिने बताए । पहिलो चरण अंतर्गत रौतहटमा ४ हजार डोज उपलब्ध भएको जानकारी दिदै अग्रपंक्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी , सफाईकर्मीहरु एवं एम्बुलेंसका चालकहरुले निर्धारक रुपमा खोल लगाउने गरेको बताए । पहिलो दिन २७ जनाले खोप लिएको थियो । खोप लगाएकालाइ २४ घण्टा वितिसक्दा पनि कुनै किसिमको लक्षण देखा नपरेको उहाले बताए । कोभीड़ १९ को संक्रमणबाट सुरक्षित हुनका लागि बनाइएको भ्याक्सिन लिदा अबांछित घटना हुने भनिएको त्रास मात्रै रहेको बताउँदै डाक्टर साहले कुनै शंका नगरी खोप लिन समेत आग्रह गरेका छन । सामान्य रुपमा कुनै किसिमको खोप लिदा असरहरु देखा पर्ने भएकोले कोरोनाको खोप लगाउँदा पनि अपवादमा केहि सामान्य लक्षण देखा पर्न सकिने उहाले बताए ।

बनता लाग्ने , टाउको दुखने , जोर्नी दुखने जस्ता लक्षण देखा पर्न सकिने भएपनि अहिले सम्म त्यस्ता समस्या नआएको जनाए । खोप लिनेलाइ निगरानी गर्न जिल्ला अस्पतालबाट चिकित्सकहरुको छूटै टीम बनाइएकोले केहि समस्या भए लगतै संपर्क गर्न आग्रह गरे ।
डाक्टर साहले भने खोप लगाउने मध्ये अहिले सम्म कसैलाइ केहि नभएको हो खोप सुरक्षित र प्रभावकारी भएकोले सरकारले तोकिएको क्षेत्रका व्यक्तिले नडराइकन खोप लिन सकिन्छ । जिल्ला भरीमा खोप लिनको लागि ३ हजार ५ सयको दर्ता भइसकेको जानकारी गराइएको छ ।

Comment


Related News

Latest News

Trending News