अपडेट 
२०७७ माघ १६, शुक्रबार ०८:१८

सिरहा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बताउनुभएको छ ।

बिहिवार सिरहाको धनगढीमाई नगरपालिकाले शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । पूर्व मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई दायित्व बोध नहुँदा शैक्षिक गुणस्तरीयता कमजोर भएको उल्लेख गर्नुहुँदै कक्षा कोठामा कोठाभित्र लोकतान्त्रिक पद्धतिको विकास गर्दै शिक्षामा सबैको सामूहिक दायित्वको बोध हुनुपर्नेमा जोड दिनुभयो । प्रविधिमैत्री विद्यालय निर्माण नभई शैक्षिक गुणस्तरीयता कायम हुन नसक्ने भएकोले अबको विद्यालय प्रविधिमैत्री बन्नुपर्नेमा पूर्व मन्त्री पोखरेलले जोड दिनुभयो । उहाँले अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्नेको साथै अबको शिक्षा बजारसम्म बिक्री हुने खालको शैक्षिक गतिविधि गरिनुपर्छ ।

नगरक्षेत्रभित्रका विशेषतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता दिने उद्देश्यले आयोजित उक्त नगर शिक्षा सम्मेलनमा शिक्षाविद् विमल फुँयाल, पूर्ण दवारी, नन्दकुमार थापा, लगायतले गुणस्तरीय शिक्षाको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे नगर शिक्षा घोषणा पत्र २०७७ घोषणा समेत गरिएको छ । नगर क्षेत्रभित्र ३३ वटा सामुदायिक, २३ संस्थागत २३, ६ धार्मिक एवम् ६१ वटा वालविकास रहेका छन् । धनगढीमाई नगरपालिकामा ८३ प्रतिशत साक्षर रहेको धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News