अपडेट 
२०७७ माघ १६, शुक्रबार १९:३४

जनकपुरधामको रामानन्द चोकमा सात दिवसीय रामानन्द जयन्ती मनाइदै छ ।

रामानन्दीय वैष्णव संघ जनकपुरको आयोजनामा सात दिवसीय रुपमा सो जयन्ती मनाउन लागेको हो । वैष्णव समुदायका मार्गदर्शक रामानन्द स्वामी जयन्ती परापूर्वकालदेखि मनाउँदै आएको छ । यस वर्ष पनि विविध कार्यक्रम गरी स्वामी रामानन्द जयन्ती मनाउन लागेको हो ।
प्रवचन शुक्रबारदेखि शुरु भएको रामानन्दीय वैष्णव संघ जनकपुरका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले बताए । भगवान राम र सीताको विवाह वर्णन, नगर फुलवारी, रामकलेवा लगायतको कार्यक्रमहरु गरिने उनले जनाए । सो अवसरमा भारतको वृन्दावनकी चंचला देवीले प्रवचन वाचन गर्ने भएकी छन् । साधुसन्त, महिला, उद्योगी, व्यवसायी , नागरिक समाजका अगुवाहरुको सहभागितामा साताव्यापी कार्यक्रम मनाउन लागिएको हो ।

रामानन्द चोकमा मनाउन लागिएको जयन्ती आउँदो माघ २२ गते सम्पन्न हुने छ ।

Comment


Related News

Latest News

Trending News