अपडेट 
२०७७ माघ १७, शनिबार ०८:०५

विगत लामो समय देखि बन्द रहेका नेपाल भारत विचको सिमा नाका खुलेको छैन । नेपाल सरकारले भारतीय सिमा सित जोडिएक जिल्लाहरुको ३० वटा नाका शुक्रवार देखि खुल्ला गरिने निर्णय गरेपनि नाका खुल्ला गरिएको छैन ।

सिमा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरुले नाका खुलेको मौखिक जानकारी आएपनि लिखित रुपमा जानकारी नआएको प्रतिक्रिया दिएका छन । चीनबाट विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभीड़ १९ को संक्रमणको जोखिम नियंत्रण गर्नका लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि नेपाल भारत सीमा बन्द गरेको थियो ।
कोरोना भाइरसको प्रकोप न्यून भएको र कोभीड़ १९ विरुद्ध खोप पनि आइसकेको अवस्थामा नेपाल भारत विचको सिमा पूर्ण रुपमा सुचारु हुन सकेको छैन । नेपाल सरकारका गृह मंत्रालयले ३० वटा नाका खुल्ला भएको निर्णय गरेको सुनेर सीमावर्ती क्षेत्रमा बसोवास गर्नेहरु खुसी भएपनि व्यावहारिक रुपमा सिमामा अवरोध कायमै भएको देखेर सरकारको निर्णय अफवाह भएको टिपण्णी गर्न थालेका छन ।

ससश्त्र प्रहरी बल गौर भन्सारका ससश्त्र प्रहरी निरीक्षक बिमल बनियाले नेपाल भारत सीमा खुलेको भनेर लिखित रुपमा जानकारी प्राप्त नभएको बताएका छन । विबाहको गाडी , एम्बुलेंस तथा पैदल यात्रुको आवागमन गर्न दिने भनी साविकको निर्णय अहिले सम्म जानकारी रहेको उहाले जनाए । सिमा नाकामा हेल्प डेस्कको स्थापना भइसकेको बताउँदै भारत सरकारका सिमा सुरक्षा बलले सिमा नाका खुल्ला गर्ने बारे सरकारको तर्फबाट आधिकारिक रुपमा पत्राचार नआएको एसएसबीका इंस्पेक्टरको भनाइ उदृढ़ गर्दै बताएका छन । भारत सरकारबाट खुल्ला नगरे सम्म मुख्य नाकाबाट आवागमन सहज नहुने अवस्था रहेकोले नेपाल सरकारले कूटनीतिज्ञ मार्फत कुरा गरेर सिमा नाकामा भएको समस्या चाडै निराकरण गर्नु पर्ने आम नागरिकको धरना रहेको छ ।

सिमा नाका बन्द हुदा नेपाल र भारतका नागरिकलाइ आवागमन गर्न असहज भएको छ भने जिल्ला भन्सार कार्यालय बन्द भएको कारण नेपाल सरकारको राजश्वमा समेत कमी आएको छ ।

Comment


Related News

Latest News

Trending News