अपडेट 
२०७७ माघ १७, शनिबार ०८:१६

बाराको सिम्रौनगढ र मटिअर्वा नाकाआज बाट खुल्ने भएको छ । सिम्रौनगढ र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बोलाएर नाका खुलाउन हेल्थ डेस्क स्थापना लगायतका बन्दोबस्त मिलाउन प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निर्देशन दिएसंगै नाका खुल्ने भएको छ ।

नागरिकलाई सहजरुपमा जनजिवका चलाउनका लागि भारतबाट समानहरु नेपालमा ल्याउन निकै मुस्किल भईरहेको हुदा नाका खोलेसंगै भारतवाट सहजरुपमा उपभोग्य समानहरु ल्याउन सहज हुने भएकोछ । माघ ११ मा सरकारले देशका ३० नाका खोल्ने निर्णय गरेपनि माघ १५ गते मात्र गृह मन्त्रालयको जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए । भारतसित जोडिएका यी दुवै नाकामा शनिवार देखि चहलपहल हुने भएको छ । नाका खुलाउनका लार्गि हेल्पडेक्स राख्न छोटी भन्सारमा कर्मचारी राख्न भन्सारका प्रमुखसित समन्वय भइरहेको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद साहले जानकारी दिए । केहि दिन अगाडी उपप्रधान मन्त्रि तथा रक्षामन्त्रि ईश्वर पोखरेलले कलैयामा नेकपा ओली समुहको बृहत भेलालाई बाराको सदरमुकाम कलैयामा सम्बोधन गर्दे नाका खुलाउने प्रतिवद्धता ब्यतm गरेका थिए ।

उनको नाका खोलाउने प्रतिवद्धतालाई तराई मधेसका सबै जिल्लाहरुमा बिरोध भईरहेको बेला नाका खोलाउने गरेको निर्णयलाई बाराबासीले स्वागत गरेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

Comment


Related News

Latest News

Trending News