अपडेट 
२०७७ माघ १७, शनिबार ०८:४८

नेपाल विद्युत प्राधिकरण ढल्केवर फ्युज शाखाका चार जना कर्मचारीलाई घुससहित अख्तियारले पक्राउ गरेको छ ।

धनुषाको महेन्द्रनगर स्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुससहित अख्तियारले पक्राउ गरेको हो । पक्राउ पर्ने कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका कर्मचारीहरुले विश्रामपुरस्थित एक कुखुरा फर्ममा विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार रकम लिएका थिए । सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News