अपडेट 
२०७७ माघ १७, शनिबार १५:१७

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनु भएको छ ।

शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुग्नु भएका स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना भाइरसको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी हुर्दै ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनुभएको हो । मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कारोना भाइरसको खोप लगाइसक्दा लुम्बिनी प्रादेशिक अस्पताल भने पछि पर्नुको कारणबारे जानकारी लिनुभएको थियो । त्यस्तै उहाले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । मन्त्री त्रिपाठीले सरकारले कोरोना भाइरसको खोप सबै जनतालाई पु¥याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति भएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News