अपडेट 
२०७७ माघ १८, आईतवार ०७:४३

जनता समाजवादी पार्टी( जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति संकट समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

संसद पुर्नस्थापना र चुनावले राजनीतिसंकट समाधान नहुने ठाकुरले बताए । प्रतिनिधि सभा पुर्नस्थापना र चुनावले मुलुकमा नया द्वन्द शुरु हुने उनले दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापनाले मुलुकको संकट समाधान हुनसक्दैन, अध्यक्ष ठाकुरले भने,‘चुनाव भएपनि कानुनी रुपमा नेकपाका कारण अर्को द्वन्द शुरु हुन्छ ।’ सताधारीको छलकपटले बनेको संविधानमा धारा कार्यान्वयन विवादले मुलुकमा संकट आएको छ, उनले भने । जनकपुरमा शनिबार जसपा सम्बद्ध राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलाको उदघाटन गर्दै अध्यक्ष ठाकुरले सत्ताधारीले मुलुकमा राजनीति संकट ल्याएको बताए । संविधान संशोधनले मात्रै राजनीति संकट समधान हुन सक्ने उनले बताए ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनमाथि प्रतिगमन गरेको बताए । संविधान जारी गर्दा पहिलो प्रतिगमन भएको थियो, महतोले भने,‘जर्वजस्ती जारी भएको संविधानलाई टेकेर ओली प्रतिनिधि सभा विघटन गरी प्रतिगमनमाथि प्रतिगमन गरे । ’ गलत ट्रयाकबाट संविधानको आएकोले मुलुकमा नतिजा पनि गलत आएको महतोले बताए । प्रधानमन्त्री केपी शर्मा ओली संविधानलाई आर्यघाटमा पु¥याउने तयारी गर्दैछ, महतोले भने,‘संविधान बनाउदा ब्यानर मात्रै फेरियो । विचार र व्यवहार फेरिएन । व्यवस्था मात्रै फेरेर संविधान टिक्दैन ।’ मुलुकमा राजनीति संकटले गर्दा चुनाव सम्भव छैन, उनले भने । अधिकारका लागि भएका आन्दोलनहरु सडकमै रहेकोले सबै आन्दोलनकारी मिलेर राष्ट्रिय मुक्ति आन्दोलनमा जुटने समय आएको महतोले बताए ।

जसपाका नेताहरु शरतसिंह भण्डारीले शक्तिशाली पार्टीबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले सपनामा हिटलर जस्ता तानाशाहलाई भेटेको भरमा बिहान ब्युझदा संसद भंग गर्ने प्रतिगन कदम उठाएको टिप्पणी गरे । जसपालाई चुनावको भय नरहेको उनले बताए । कार्यक्रमा राजकिशोर यादव, अनिल झा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतका सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News