अपडेट 
२०७७ माघ १८, आईतवार ०७:४८

प्रदेश २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान शुरु भएको छ ।

शुक्रबार एक समारोहका बीच भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले पानी खाएर सिराहाको धनगढीमाई नगरपालिका वडा नं. १३ दुरवीनडाँडालाई खानेपानीयुक्त समुदाय घोषणा गरे । यसका साथै दुरवीनडाँडा प्रदेशको पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय बनेको हो । घोषणा सभामा वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साह र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्री सोनालले पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाउन १३६ वटै पालिकाहरुमा वास प्लान बनाउने कार्यमा मन्त्रालय सहकार्य गर्न तयार रहेको बताए ।

उनले खुला दिसामुक्त पछाडि पूर्ण सरसफाइमा जानका लागि खानेपानीको गुणस्तर सुनिश्चित गर्नुपर्ने आवश्यक रहेको र त्यसमायुनिसेफले खानेपानी गुणस्तरयुक्त समुदाय बनाउने अभियानको थालनी गरेकोमा धन्यबाद व्यक्त गरे । यस्तै बन तथा वातावरण राज्यमन्त्री मण्डलले प्रदेश २ का हरेक व्यक्तिले जन्म दिनको अवसरमा एक व्यक्ति बराबर एक रुख मात्र रोप्ने हो भने बर्षेणी ६० लाख विरुवा रोपिने बताए । उनले जनसंख्याको आधारमा तराईका बासिन्दाका लागि स्वच्छ सास फेर्न ४५ प्रतिशत भूमि जंगलले ढाकिएको हुनुपर्ने भएपनि हाल २५ प्रतिशत क्षेत्रमा मात्र जंगल रहेको बताए ।सो अवसरमा बालबालिकाहरुले नेपाली राष्ट्रियता झल्कने नृत्यहरु प्रस्तुत गरेकाथिए । दुरवीनडाँडा खानेपान तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष इन्द्रमान तामाङको अध्यक्षतामा भएको समारोहमा खानेपानी तथा सरसफाइ आयोजनाले मुहानको पानीलाई बिद्युतिय लिफ्टिङको सहायताले २० हजार लिटरको पानी ट्याङकी मार्फत ४२ धरधुरीलाई खानेपानी वितरण भईरहेको बताए ।

यसबाट २३१ जना लाभान्वित भएका छन् । युनिसेफ नेपाल, बेलायत सरकार, धनगढीमाई नगरपालिका र समुदायको साझेदारीमा २०७५ साल चैतमा यो योजना सम्पन्न भएको थियो । योजनाको लागत करिव पचास लाख थियो । यो योजनालाइकरिव ३ वर्षको अभियान पछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

खानेपानी सुरक्षा योजना कार्यान्वयन, खानेपानी गुणस्तर मापन तथा तीनको प्रभावकारिताको मापन, सुरक्षित पानी र सरसफाइ सम्बन्धी अभियान, समुदायको क्षमता विकास, समितिद्धारा सुरक्षित खानेपानीयुक्त समुदाय स्वघोषणा, तेस्रो पक्षीय अनुगमन र संघीय खानेपानी तथा ढल ब्यबस्थापन परियोजनाको खानेपानी जाँच ल्यबबाट खानेपानीको गुणस्तर जाँच गर्ने प्रक्रियाहरु गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News