अपडेट 
२०७७ माघ १८, आईतवार ०९:२४

 सर्लाहीको मलंगवाबाट ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध सहित १ जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-११ गम्हरियाका ३८ वर्षीय सरोज यादव रहेको छ ।   यादवको साथबाट डाइजेपाम १८४ एम्पुल,नुफ्रिन ३०० एम्पुल,फेनारागन २९२ एम्पुल र डाइजिल्याब ८४ एम्पुल बरामद भएको छ ।    जिल्ला सुरक्षा बेस क्याम्प मलंगवाबाट सशस्त्र प्रहरी निरिक्षक मनोज चन्दको कमान्डमा खटिएको टोलीले शुक्रवार साँझ भारतबाट मोटरसाइकलमा राखेर सो मात्रामा प्रतिबन्धित  लागुऔषध ल्याउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।यादवलाई बरामद लागुऔषध र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाएको स.प्र.निरिक्षक चन्दले बताएको छ ।

Comment


Related News

Latest News

Trending News