अपडेट 
२०७७ माघ १८, आईतवार ०९:२७

सर्लाहीको बरहथवा नगरपालिकामा धर्नामा बसेका विद्यार्थीहरु माथि प्रहरीले लाठीचार्ज  गर्दा एक दर्जन भन्दा बढी विद्यार्थीहरु घाईते भएका छन ।

लाठीचार्ज बाट दुइजना किशोरीहरुको पनि खुट्टा भाँचिएको छ ।  विद्यालयमा नियमित पठनपाठन नभएको, शिक्षकहरु समयमा विद्यालयमा नआउने गरेको र समयमा पाठ्यपुस्तक वितरण नगरिएको, शैक्षिक भ्रमणका लागि समेत विद्यालय प्रशासन उदासिन रहेको लगायतका  विभिन्न मागहरु राखेर  विद्यार्थीहरु धर्नामा बसेका थिए । विद्यार्थीहरु आज(शुक्रबार )नगरपालिकाकाको कार्यालय अगाडी   धर्नामा बसेको एक घण्टा बितिसक्दा  पनि छलफलका लागि मेयर, वडाअध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु  छलफलका लागि नआएपछि बाध्य भएर धर्नामा बसेका  विद्यार्थीहरु  नगरपालिकाको हाताभित्र रहेका फुलको गमला र कार्यलयको कोठा भित्रका दराजहरु तोडफोड गर्न थालेपछि सुरक्षामा खटिएका  प्रहरीहरु उनीहरु उपर  लाठी प्रहार गर्न थालेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताए ।   

विद्यालयमा भएका  विभिन्न समस्याहरुको समाधानको माग राखेर नगरपालिकामा धर्ना दिएको अवस्थामा डिएसपी साहबले आफुहरुलाई धर्ना समाप्त गरेर घरजान भनेको तर आफुहरुको कुरा सुन्नका लागि मेयरलाई बोलाइदिन आग्रह गर्दा पनि उहाँलाई बोलाउनुको साटो   आफुहरुमाथि लाठी प्रहार गर्न थालेको कक्षा ११ की छात्रा रुना कुमारी साहले बताएकी छिन् ।    उता इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उद्धव भाटले भने धर्ना दिइरहेका  विद्यार्थीहरु उग्र भएर कार्यालयको हाताभित्र रहेको  गमला र कार्यलय भित्र रहेकोे दराजमा तोडफोड गर्न थालेपछि  बाध्य भएर उनिहरुलाई धपाउन मात्र खोजेको बताएका छन् ।     विद्यार्थीहरुको तोडफोडबाट १६ वटा गमला फुटनुको साथै टेबल कुर्सी र दराजमा सामान्य क्षति भएको डिएसपी भाटले जनाएको छ । विद्यार्थीहरु प्रहरी उपर पथराव समेत गरेपनि हाम्रो टोलीले बल प्रयोग नगरेको बल्की सम्झाईबुझाई घर पठाएको उहाँले बताउनुभयो

Comment


Related News

Latest News

Trending News