अपडेट 
२०७७ माघ १८, आईतवार ०९:३१

नेपाल भारत सहयोग मंचको केन्द्रीय नेतृत्वमा बरिष्ठ उधोगी एवं समाजसेवी अशोक बैध निर्वाचित भएका छन ।

वीरगंजमा सम्पन्न साधारण सभा बाट १८ सदस्यीय कार्यसमिति गठन गरिएको छ , जसको बरिष्ठ उपाध्यक्षमा सत्यनारायण क्याल , उपाध्यक्ष गोपाल केडिया , महासचिव बालमुकुंद खरेल, सचिव सुबोध कुमार गुप्ता र कोषाध्यक्ष विनोद कुमार चौधरी रहेका छन ।सभाका प्रमुख अतिथि बरिष्ठ समाजसेवी एवं उधोगपति  बाबूलाल चाचानले मंचका सदस्य द्वय गोपाल केडिया र सुबोध कुमार गुप्ता नेपाल उधोग वाणिज्य संघको केन्द्रीय नेतृत्वमा छनौट भएकोमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।नव निर्वाचित अध्यक्ष अशोक बैधले यो बर्ष मंचको रजत जयंती मनाईने हुनाले जनसम्बन्धलाई प्रगाढ़ बनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिनु भयो ।उनले मंच मार्फत भारतीय सहयोग लाई यस क्षेत्रको विकासमा लक्षित गर्न प्रयत्नशील रहेको बताए ।मंचले दुवै मुलुकका नागरिक हरू माझ संवाद का लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

अध्यक्ष वैधले भारत सरकार द्वारा हालै उपलब्ध गराईएको भ्याक्सिन सहयोगकालागि नेपाली जनता का तर्फबाट आभार गर्दै भारत जहिले पनि सुख दुःख को सहयोगी रहने परम्परा को सराहना गरे

Comment


Related News

Latest News

Trending News