अपडेट 
२०७७ माघ १८, आईतवार ०९:३८

समाजलाई आर्थिक क्षेत्रले पारिरहेको समास्यालाई उजागर गर्न वीरगन्जका अग्रज पत्रकारहरुले सुभाव दिएका छन । इकोनोमिक रिपोर्टस एशोसिएशन नेपाल पर्साको आयोजनामा शनिवार क्लाक्र्स रिसोर्टमा आयोजित समिक्षा तथा सम्मान कार्यक्रममा सहभागी वीरगञ्जका अग्रज पत्रकारहरुले सुझाएका हुन ।

कार्यक्रममा वरिष्ठ पत्रकार जगदिश शर्माले उधोगी व्यापारीको सेरोफेरोको समस्या भन्दा पनि गाउघरमा पर्ने आर्थिक प्रभावको समास्यालाई समाचारको माध्यमबाट उजागर गर्न सुझाव दिएका थिए । उनले उद्योगी व्यसायीलाई बाणिज्य भन्दापनि इनोभेशन गरेर उद्योग व्यापार अगाडि बढाउन सुझाव दिदै समाजमा पछाडि परेका बर्गहरुको आर्थिक विकासको उत्थानका लागी योजनाहरु ल्याउन सल्लाह दिए । उनले पर्साको कुमाल र लोहार लगायत जातिय तथा वर्गीय पेशाहरु ओझेलमा परेको र त्यस्ता समाजमा रहेका व्यवसायीको बारेमा कलम चलाउनुको साटो आजको पत्रकारहरु कर्पोरेट क्षेत्र,नेता,उद्योगी व्यवसायीको पछि झुण्डिएकोले लेख्ने विषय वस्तु ओझेलमा परेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले वीरगंजका उद्योगी व्यवसायीहरुको उदासिनताको कारण वीरगञ्जको पत्रकारिता क्षेत्र आत्मनिर्भर हुन नसकेको आरोप लगाए । उनले व्यवसायीकरुपमा व्यापारीहरुले स्थानिय संचारमाध्यमहरुसंग सम्बन्ध व्यवस्थापन नगरेको कारण समय समयमा उधोगी व्यवसायीहरुलाई पत्रकारको कोपभाजनमा पर्ने गरेको बताए । उनले भने, विज्ञान दिने र पत्रिका किन्ने मामिलामा उदासिनताका कारण नै एउटा नकली बिल पत्रकारहरुलाई फेला परेपछि लाखौ रुपैया दिने चलन छ ,यहा ,सबै व्यापारी राम्रा छैनन्,तर केही व्यवसायीले गल्ती गरेर पनि आफनो गतिविधि अगाडि बढाएका छन् । उनीहरुको संरक्षण गर्नू पत्रकारको धर्म नरहेको बताए ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरले समाजको हरेक क्षेत्रमा पर्ने आर्थिक असरलाई उजागर गर्न आर्थिक पत्रकारहरुलाई सुभाव दिएका थिए । उनले वीरगञ्ज मुलककै आर्थिक नगरी भएकोले यहाको आर्थिक असरले पुरा देशलाई नै असर पारिरहेको बताउदै आर्थिक क्षेत्रमा असर पार्ने सबै तहको समास्यालाई उजागर गर्न सुभाल दिएका थिए ।

यता,नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराले वीरगंजका आदर्शनगरका घरधनीले अस्वभाविक रुपमा वृद्धि गरी सटरको भाडा लिने काम गलत भएकोले त्यसलाई वीरगंज उद्योग वाणिज्य संघले छानविन गरी ठगि गर्ने व्यवसायीलाई दण्डित गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा नेपाल चामल तेल दाल संघका अध्यक्ष सुबोध गुप्ताले १५ वर्षदेखि चामल आयातमा सरकारले न्यून भन्सार महसुल राख्दा समस्या भइरहेको अवाज उठाए पनि सरकारको कानमा त्यो अवाज पुग्न नसकेको बताए ।

उद्योगी अशोक टेमानीले बंगलादेश, भुटान, भारत र नेपाललाई जोडने प्रोजेक्ट(बिबिआइएन)को बारेमा आर्थिक पत्रकाहरुले कलम चलाउनुको साथै पर्यटन व्यवसाय बारेमा पनि गम्भीर बन्न आग्रह गरे । उद्योगी अशोक वैद्यले वीरगंजका उद्योग व्यवासयको क्षेत्रमा एराले सराहानीय काम गर्दै आएको चर्चा गर्दै अगामी दिनमा पनि सहयोग गर्ने जनाए । कार्यक्रममा वीरगन्जबाट आ आफ्ना क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै विशिष्ट पदमा रहेको ४जनालाई सम्मानित गरिएको थियो । नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय कार्यकारिणी सदस्य पदमा चुनिएका वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया,बरिठट उपाध्यक्ष सुवोध गुप्ता, खोज पत्रकारिता केन्द्र अध्यक्ष चन्द्र किशोर र नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानलाई सम्मान गरेका थिए ।

इकोनोमिक रिपोर्टस एशोसिएशन नेपाल,वीरगन्जले अगामी कार्यकालको लागि एराको संयोजकको रुपमा पत्रकार ओमप्रकाश खनाललाई चयन गरेको छ । एराका निवर्तमान अध्यक्ष रितेश त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार राधेश्याम पटेलले सहजीकरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News