अपडेट 
२०७७ माघ १८, आईतवार १४:५७

प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन ।

मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो । नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका दिनको रुपमा रहेको बताउनु भयो ।
नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्ष देखी एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News