अपडेट 
२०७७ माघ १८, आईतवार १५:२३

देशकै ठुलो क्षमताको ढल्केबर सवस्टेसनको उद्घाटन गर्न माघ १९ गत्ते (भोली) प्रधानमन्त्री केपी शर्मा ओली धनुषाको ढल्केबर आउँदै हुनुहुन्छ ।

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । कुल ४०० र २२० केभी क्षमताको सवस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न सकिएको छ । सोही ठाउँबाट बिजुली आयात समेत गरिरहेको उनले भने ।  यसले विद्युत आयात/निर्यातमा सहज हुनेछ । माथिल्लो तामाकोशीको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि देशभित्र नै खपत गर्न सकिन्छ । यदि बढी भए यहि मार्ग प्रयोग हुँदै निर्यात गर्न सकिनेछ । 

ढल्केबर सवस्टेशनको ठेक्का सम्झौता २०१७ डिसेम्बरमा भएको हो । तीन वर्ष लगाएर निर्माण सम्पन्न गरेको यो सवस्टेशनबाट सहजै बिजुली आयात निर्यात गर्न सकिनेछ । अब वर्षायाममा बढी भएको बिजुली ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News