अपडेट 
२०७७ माघ १८, आईतवार १७:२७

नेपालमा आइतबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ८ जनाको परिक्षणका क्रममा थप १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु हुदा नेपालमा २ हजार २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २८८ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा हालसमम २ लाख ६६ हजार ३३६ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल २५ सय ९४ जना आइशोलेशनमा छन् भने १०२ जना क्वारेन्टाइनमा छन् । हालसमम नेपालमा २० लाख ७१ हजार ७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News