अपडेट 
२०७७ माघ १९, सोमबार ०७:४४

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ भने, हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

यता, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।   यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

Comment


Related News

Latest News

Trending News