अपडेट 
२०७७ माघ १९, सोमबार ०७:५९

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जनकपुरधामको रामानन्द चौक स्थित श्री जानकी आँखा अस्पतालको सभापतिमा नियुक्त भएका समाजसेवी गंगाराम यादवले पदभार ग्रहण गरेका छन् ।

सभापति यादव र कोषाध्यक्षमा नियुक्त भएका संजिव कुमार साहको आइतवार आयोजित पदभार ग्रहन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहले अस्पतालले सक्षम अभिभावक पाएको बताएका छन् । प्रमुख अतिथि मेयर साहले भने, ‘अस्पताल चलाउन नाफा आवयश्क भएपनि सेवाको मुल उद्देश्यले स्थापित अस्पताल सेवाको भाव छाडनु हुदैन ।’ आँखा अस्पताल निर्माण तथा स्थापनामा संस्थापक विकास पुरुष मकेश्वर बाबु सहितकाले लिएका उद्देश्य पुर्ती नै अस्पतालको मुल लक्ष्य हुनुपर्ने उनको कथन थियो । स्थानियर सरकार प्रमुखको नाताले मेयर साहले दुवैजनाको पदभार ग्रहण गराएका थिए । उनले उहिले भारतवाट बसका बस विरामी आएर आँखा उपचार गराउने गरेको स्मरण गर्दै अस्पतालको त्यो गरिमा फर्काउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नव नियुक्त सभापती समाजसेवी गंगाराम यादवले अस्पतालका विकास र गुणस्तरीय सेवा प्रवाहका लागि स्वयम व्यक्तिगत तन मन धनका साथ लाग्ने बताए । उनले भने, ‘नेपाल सरकारलाई समेत अस्पतालको विकासमा प्रतिवद्व गराउनु मेरो प्राथमिकता हुने छ ।’ कोषाध्यक्ष साहले समेत आफनो अनुभव र सार्मथ्यले अस्पतालको हितमा काम गर्ने बताए । अस्पताल संस्थापक परिवारको तर्फवाट बालेको स्व. मकेश्वर बाबुका नाती रितेश सिंहले जनकपुरधामको अस्पताल, स्कुल र कलेज सहितका सेवाभावल स्थापना भएको संस्थाका दाता परिवारको नाम निशान मिटाउने काम भएको आरोप लगाए । अञ्चल अस्पताल, जानकी अस्पताल, राराब क्याम्पस सहितको सेवामुलक धरोहर स्थापनामा दान गरेका दाता परिवारहरुको सम्मान हुन नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा जउनपाका वडा नं. ८ र १३ का अध्यक्ष, अस्पतालका प्रमुख, चिकित्सक सहित स्थानिय समाजसेवी र बुद्विजिवीहरुको सहभागिता थियो ।

Comment


Related News

Latest News

Trending News