अपडेट 
२०७७ माघ १९, सोमबार ०८:०५

बाराको कलैयास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा आईतवार मुस्लिमहरुको बसेको भेलाले नेपाल मुस्लिम संघको निर्वाचन क्षेत्रहरुमा संयोजक तोकेको छ ।

नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष फुलमहम्द मंसुरको अध्यक्षता एवम् नेपाली काँग्रेसका बारा जिल्ला अध्यक्ष जयचन्द्र चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले निर्वाचन क्षेत्र नम्बर १ मा अनबर अंसारी, ३ मा नुरहसन मिया मंसुर, ४ मा समिअख्तर अंसारीलाई सर्व सहमतबाट संयोजकमा चयन गरिएको संघका केन्द्रिय सचिव परवेज आलमले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर २ को हकमा छलफल गरेर संयोजक तोक्ने नेपाली काँग्रेसका जिल्ला अध्यक्ष चन्द्रशेखर यादवले जानकारी दिए । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सचिव हरेन्द्र यादव, नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगरसभापति पुरुषोतम सिंह भट्टराईको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News