अपडेट 
२०७७ माघ १९, सोमबार ०८:१०

लहान । कानुनमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य लिला नाथ श्रेष्ठले सरकार चल्नै नसक्नेगरी घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले माध्यात्मक अवस्थामा संसद विघटन गर्नु परेको बताएको छ ।

हेमनारायण यादवको १७ औं स्मृतिसभाको पूर्वसध्यामा नीजि निवास गोलबजार नपा ७ चोहर्वामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सरकार गठनसँगै आफ्नै पार्टीले घेराबन्दीमा पारेर सरकार चल्नै नदिएपछि संसद विघटनको अवस्था आएको बताए । उनले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक नभएको बताए । ‘बजारमा हल्ला चलेजस्तो संसद विघटन असंवैधानिक पनि होइन, प्रतिगामी पनि भएको होइन,’ उनले भने, ‘ यो प्रधानमन्त्रीले चाल्नु भएको संवैधानिक कदम हो, प्रतिगमन भएको भए कुन पार्टीलाई प्रतिवन्ध लगाएको छ ? कुन नेतालाई नजरबन्द वा थुनामा राखेको छ ? यो चुनावदेखि डराउनेहरुको जनता भड्काउने षडयन्त्र मात्र हो ।’ मन्त्री श्रेष्ठले सोही क्रममा उनले अव कसैको बहकावमा नलागी चुनावको तयारीमा लाग्न सबैलाई अनुरोध गरे । सोहि क्रममा नेता हेमनारायण यादवको २०६० माघ १९ गते हत्या भएको बताउँदै हत्यारालाई चाँडै कार्वाही हुने मन्त्री श्रेष्ठले बताए ।

यादवको हत्या भएको १७ बर्ष हुँदा पनि दोषी कानूनी दायरामा आउन नसकेको प्रति दुःख व्यक्त गर्दै उनले अव चाँडै हत्यारालाई कार्वाही हुने बताए । उनले भने, ‘हत्यारा पत्ता लागि सकेको छ, हामीले प्रधानमन्त्रीलाई हत्यामा संलगनलाई कानुनी दायरामा ल्याउन अनुरोध गरिरहेका छौं, चाँडै कार्वाही हुन्छ । उनले हत्यामा सिरहाको चोहर्वामा रहेको तत्कालीन इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको विभिन्न प्रतिवेदनले त्यही बेला बुझाएको भन्दै अव हत्यारा खोजीरहनु पर्ने अवस्था नरहेको पनि बताए । सोही क्रममा नेकपा प्रदेश नम्वर २ का सचिव तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले नेकपा विभाजन भईसकेको बताए । पत्रकार सम्मेलनमा उनले अव पार्टी फूटेको छैन भनेर भनिरहनुको अर्थ नरहेको भन्दै पार्टी विभाजन भईसकेको सुनाए । सोमबार सिरहा सदरमुकाममा हुने हेमनारायण यादवको स्मृति सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सवोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News