अपडेट 
२०७७ माघ १९, सोमबार ११:३९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा संघको केन्द्रिय राजनीतिमा सकृय धनुषाका युवा सञ्जिव कुमार झाले प्रदेश २ मा सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)लाई हल्लाउन थालेकाछन् ।

तत्कालिन समाजवादी पार्टी विभाजनको असफल प्रयासमा प्रतिनिधि सभा सदस्यहरुलाई मिलाउन उनले ठूलो कसरत गरेका थिए ।समग्रमा त्यो परिणाममुखी हुन नसकेपनि झा कयौं सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पु¥याइ रहेका छन् । नेकपा विभाजन नहुँदापनि ओली समुहमा सकृय रहेका झाले पछिल्लो पटक प्रदेश २ का एकजना मन्त्रीलाई समेत प्रभावित गरेका छन् ।नेकपाबाट चुनावका लागि टिकट ब्यवस्थापन गराउन मन्त्रीले झासित सेटिंग मिलाउन थालेका छन् । पूर्व समाजवादीका विघटित प्रतिनिधि सभाका केहि सदस्यहरुलाई उनले चाहेकै बेला पार्टी परित्याग गराउन सक्ने अवस्था छ ।

प्रधानमन्त्री ओली समुहका बाहुबली नेताको रुपमा रहेका महेश बस्नेतलाई प्रदेश २ मा प्रभावशाली बनाउन झाको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।सतहमा कम देखिने तर लञ्च र डिनर मिटिंगमा बढी रहन रुचाउने झाले नेकपा ओली समुहको निर्णायक राजनीतिक तहमा बलियो पकड बनाएका छन् । झण्डै दुई दशकपूर्व विधार्थी राजनीतिबाट सकृय भएका झा पछिल्लो समयमा नेकपा राजनीतिको गुटबन्दीमा बढी अगाडी देखिन्छ ।युवा संघमा मात्र नभै उनले पार्टीको मुल राजनीतिमा समेत विश्वासिलो पहुँच बनाएका छन् ।

प्रारम्भिक समयमा प्रहरीसित सहकार्यगर्दा उनी नराम्ररी फसेका थिए ।त्यसपछि उम्केका झा फेरी पछि फर्केर हेरेनन् ।यदुवंश झा वन मन्त्री भएका बेला उनी त्यहाँपनि प्रभावशाली भूमिकामा थिए ।हुनत उनको जीवनका लागि त्यो ‘टर्निंग प्वाइन्ट’पनि साबित भयो । काठमाण्डुमा दिनभरि सकृय रहने झा महेश बस्नेतका लागि प्रदेश २ मा मुख्य योजनाकार हुन् ।प्रधानमन्त्री ओलीको पक्षमा युवाहरुको प्रदर्शन, युवाहरुलाई बस्नेतसित भेंटाउन र युवाहरुलाई पार्टीमा प्रवेश गराउन झा खेलाडी मानिन्छ । पार्टी विभाजनपछि प्रदेश दुईमा उनले मधेश आन्दोलनमा सकृय रहेका तर हाल असन्तुष्ट देखिएका युवाहरुलाई लक्षितगरि अभियान चलाएका छन् ।सप्तरीदेखी पर्सा जिल्ला सम्म देखिने झाले जसपामा राम्रै दुलो बनाएका छन् ।

‘म प्रारम्भदेखि नै ओली समुहमा सकृय छु’ उनी भन्छन्, स्वभाविक रुपमा ओली समुहलाई बलियो बनाउन म प्रदेश दुईलाई बढी लक्षीतगरि काम गरिरहेको छु ।‘प्रेमभावको कारण युवाहरु मसित नजिकिन्छन्’ झाले भने, युग पुरुष प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सबै वर्ग र क्षेत्रको विकास गर्ने विश्वास भएर मधेशी युवा र नेताहरु भारी संख्यामा पार्टीमा समाहित हुन थालेका छन् ।पार्टीमा प्रवेश गराउने अभियानलाई नेता बस्नेतले उनलाई आँखा चिम्लेर समर्थन गरेको देखिन्छ ।

नेकपाको सूर्य चिन्ह ओली समुहले नै पाउनेमा विश्वस्त रहेका झाले भने, प्रधानमन्त्रीलाई असहयोगगरि पार्टी विभाजन गर्नेहरु अगामी चुनावमा नराम्ररी पछाडिनेछन् ।तराई मधेशमा ओली बिरुद्ध फैलाइएको भ्रमबाट अब मधेशी नागरिक मुक्त भइसकेको उनको दावी छ । केहि दिनभित्रै जसपाबाट ठूलो संख्यामा नेता र कार्यकर्ताहरु पार्टीमा प्रवेश गर्ने वातावरण बनेको उल्लेखगर्दै युवा नेता झाले भने, धोका दिने, झूठो बोलेर ठग्ने मधेशी नेताहरुको पहिचान गरिसकेकाले समग्र राष्ट्रको विकास रुचाउनेहरु जसपामा बस्न सक्दैनन् ।

परिवार र जाति भन्दा माथि उठन नसकेका मधेशका नेताहरुकै कारण पटक पटक आन्दोलन भएपनि आम मधेशीले त्यसको उपलब्धि प्राप्त गर्न सकेन् ।प्रदेश २ को सरकारले प्रदेशवासीलाई सुशासनको अनुभूती दिन समेत नसकेको उनले आरोप लगाए । देशमा ठूलो राजनीतिक उथलपुथल हुने अवस्थामा मधेशका इमान्दार र कर्मठ नेताहरुले आफ्नो स्थान सुनिश्चित गर्न नेकपा ओली समुहमा आउन व्यग्र रहेको झाले दावी गरे ।

‘जोडतोड’मा माहिर देखिन थालेका युवा नेता झा भने राजनीतिक रुपमा पदिय पहिचान अझै बनाइसकेको छैन् ।अरुलाई फकाएर ठाउँमा पु¥याउन भने उनी सिपालु मानिन्छन् ।अहिले प्रदेश २ मा उनको खोजी बढेकोछ ।त्यसको खास कारण भने नेकपा ओली समुहमा समाहित हुँदा पक्का आश्वासन रहेकोछ ।

Comment


Related News

Latest News

Trending News