२०७७ माघ २०, मंगलवार १६:२१
नेपालमा मंगलबार थप १७१ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २५९ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६६ हजार ८५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४०० जना आइशोलेशनमा र ९५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमाा २० लाख ७८ हजार ९८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।



