अपडेट 
२०७७ माघ २१, बुधबार ०८:२२

बाराको प्रसौनी गाउँपालिकाको वडा नम्बर २ प्रसौनीमा नेपाल ईन्डो हस्पिटल टी टुवेन्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गते देखि शुरु हुने भएको छ । कलैयामा मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

फागुन १ गते सम्म चल्ने सो प्रतियिोगितामा भारत बिहारका पटना, बेतिया, प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा र प्रदेश ३ का मकवानपुर जिल्ला गरि जम्मा ८ वटा टिमहरु सहभागी हुने आयोजक एलेभेन स्टार क्रिकेट क्लव प्रसौनीका अध्यक्ष अतिन्द्र राउतले जानकारी दिए । यो प्रतियोगिता प्रदेश २ कै सबै भन्दा प्रभावकारी प्रतियोगिताको रुपमा हुने आयोजकले दावी गरेका थिए । लालबाबु सिंहले खेल र खेलाडी देशको अमुल्य गहना भएको हुदा त्यसको बिकासका लागि सरकार लागि पर्नेमा जोड दिए । अहिलेको सरकारले खेलकुदको बिकास गर्न नसकेको हुदा खेलाडीहरुको मनोबल समेत खस्केको बताउदै सिंहले नेपालको नाम खेलकुदको माध्यबाट बिश्वसामु चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्नका लागि उनीहरुको तलव अन्य सेवा सुविधाको ब्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

नेपाली काँग्रेसका नेता समेत रहेका सिंहले खेलाडीहरुबाट सरकार र यहाको नेताहरुले पाठ सिक्नुपर्ने बताए । फोहरी खेलमा लागेर देशको भलो हुन नसक्ने बताउदै धरापमा पारेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै राजनीतिक शतिmहरु एकजुट भई ओलीले गरेको संसद बिघटनलाई पुनःस्थापना गराउनका लागि पहल गर्न सबैलाई आग्रह गरेका थिए । नेपाल–ईन्डो होस्पिटल वीरगंज एवम राष्ट्रिय बाणिज्य बैक क्षेत्रीय कार्यालय वीरगंजको सहयोगमा सो प्रतियोगिता संचालन हुन लागेको आयोजक समितिका सदस्य त्रिपुरारी राउतले जानकारी दिए । नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थमन्त्री रामशरण महतले सो प्रतियोगिताको माघ २४ गते उदघाटन गर्ने कामक्रम रहेको आयोजकले जनाएको छ ।

समापन भने लालबाबु सिंहबाट हुने आयोजक समितिका अधयक्ष राउतले भने । प्रतियोगितामा प्रथम, दोस्रो र म्यान अफदी सिरिज हुनेलाई विशेष पुरस्कार प्रदान गरिने छ । करिब १० लाखको लागतमा प्रतियोगिता हुन लागेको हो ।

Comment


Related News

Latest News

Trending News