अपडेट 
२०७७ माघ २२, बिहीबार ०७:३५

प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको ससद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपालले आज आह्वान गरेको बन्दको पूर्व संध्यामा वुधवार बेलुका जनकपुरधाम सहित देश भरि मशाल जुलुस प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि प्रतिगमन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आज बन्दको आह्वान गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै आज आम हड्ताल गर्ने निर्णय गरेको हो । मशाल जुलुस लिएर नगर परिक्रमा गर्ने क्रममा प्रहरी जनकपुरधामको जनक चोकमा हस्तक्षेप गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारी बीच बाझाबाझ समेत भएको थियो ।

थोरै संख्यामा रहेका प्रदर्शनकारी देखेर प्रहरले उनीहरुले बोक्ने मशाल खोसेर निभाएका थिए । नेकपा प्रचण्ड– नेपाल समुहका नेता झलकु यादवले आज गरिएको आमहडताललाई सफल पार्ने ठाँउठाउँमा मशासल जुलुस प्रदर्शन गरिएको बताए । उनले आज विहान ५ वजेदेखि साँझ ५ वजे सम्म यातायात, परीक्षा वाहेकका शैक्षिक संस्थान, विभिन्न संघ संस्था, हाट बजार लगायतका बन्द गरिने बताए । यसै विच बुधवार गृहमन्त्रालयले निर्धक्क भएर सवारी साधन, सार्वजनिक यातायात, आ–आफ्ना उद्योग धन्धा, पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News