अपडेट 
२०७७ माघ २२, बिहीबार ०७:५६

बारा करैयामाई पिपरामा बनगस्ती टोली र तस्करबीच झड्प भएको छ ।

करैयामाई गाउँपालिका–७ पिपरामा बनगस्ती टोली र तस्करबीच झड्प भएको डिभिजन बन कार्यालय कार्यालय बाराले जनाएको छ । झड्पमा बन गस्ती टोलीका ४ जना घाईते भएको र घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको डिभिजन बन कार्यालय कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले बताए । वन रक्षकमाथि आक्रमण गरी हतियार खोसिएपछि घटना स्थल तत्कालै प्रहरी परिचालन गरिएको थियो । घटना स्थल पुगेका प्रहरीले वन रक्षकबाट तस्करले खोसेको राईफल फालिएको अवस्थामा फेला पारेका थिए । बारा प्रहरी प्रबक्ता गौतम मिश्रका अनुसार गम्भीर घाईते वन कर्मचारीहरुको कोल्हबीमा सामान्य उपचारपछी थप उपचारका लागि विरगजं पठाईएको छ । वन रक्षक माथि आक्रमण गरेको आरोपमा प्रहरीले स्थानिय ३५ वर्षीय बलिराम चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले संचालन गरेको चिरान मिल नजिकै वन गस्ती टोली माथी आक्रमण भएको हो । मंगलबार मध्यरातमा काठ तस्करलाई पछ्याउँदै पुगेका वन गस्ती टोलिमाथी तस्कर समुहले चिरान नजिकै आक्रमण गरेका थिए । तस्कर समुहले वन रक्षकको राईफल खोसेर मरणनासन्न हुने गरी कुटपीट गरेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो बन गस्ती टोलीले काठ समात्दा करैयामाई गाउँपालिकाका अध्यक्षका आफन्तले वन रक्षकलाई धम्काएका थिए ।

Comment


Related News

Latest News

Trending News