अपडेट 
२०७७ माघ २२, बिहीबार ०८:०४

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाका सांसदहरुको परिचय समेटिएको पुस्तक सार्वजनिक गरेका छन ।

प्रदेश सभाको तेश्रो वार्षिक उत्सवको अवसरमा बुधबार संसद सहयोग परियोजनाद्वारा प्रकाशित ‘प्रदेश सभाका माननीय सदस्यहरुको संक्षिप्त परिचय’ परियारले पुस्तक सार्वजनिक गरेको हो । प्रदेश सभाका १ सय ७ जना सांसदको संक्षिप्त परिचय पुस्तकमा प्रकाशित गरिएको छ । संघियता स्थापनपछि प्रथम प्रदेश सभामा प्रतिनिधित्व गरेका सांसदहरुको व्यक्तिगत विवरण, राजनीति यात्र र उद्देश्य समेटर प्रदेश सभाका सदस्यहरुको संक्षिप्त परिचय प्रकाशन गरिएको संयुक्त राष्ट्रसंघीय विकास कार्याक्रम अन्र्तगत संसद सहयोग परियोजनाका प्रदेश २ प्रतिनिधि बिटुबाबु श्रीवास्तवले बताए । प्रदेश सांसहरुको बारेमा जानकारी पाउन पुस्तक प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

प्रदेशका ८ जिल्लाका जनताहरु आफनो अमुल्य मतदान गरी प्रदेशको समृद्धि र विकासको आकांक्ष राखि प्रदेश सभामा पठाएका प्रदेश सभा सदस्यहरुको समान्य परिचय समेटिएको पुस्तक अहिले र भावि पुस्ताकालागि मार्गदर्शकको रुपमा सावित हुने उनले बताए । पुस्तक प्रकाशनकालागि सहयोग गर्ने पत्रकार र संसद सहयोग परियोजनालाई धन्यवाद दिए । १ सय ७ पृष्टको प्रदेश सभाका सांसदहरुको परिचय समेटिएको पुस्तक तयारीकालागि प्रदेश सभाको नियमित रिपोर्टिङ्ग गर्ने पत्रकारहरु अजित तिवारी, सन्तोष सिंह, सुरेश यादव, इश्वरचन्द्र झा, श्रवण देव, हदिश खुद्दार, र कमलेश ठाकुर लगायतकाले सांसदहरुको जानकारी संकलन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News