अपडेट 
२०७७ माघ २२, बिहीबार ०८:५४

महोत्तरी । राष्ट्रिय जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवं संसद महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टीको अन्तरकलहले संसद विघटन भएको बताएका छन् ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाद्वारा मटिहानी जलेश्वर सडक खण्डको जलसागरमा नव–निर्मित कलात्मक “स्वागत द्वार” को वुधवार एक कार्यक्रम वीच समुद्धाटन गर्दै उनले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई कुनै अवरोध नगरेको तर उनकै पार्टीको झगडाका कारण संसद विघटन भएको बताए । उनले देशमा संकटको स्थिति रहेकोले हाल परिस्थितिमा प्रजातन्त्र र लोकतन्त्र समेत कमजोर भएको बताए । त्यसै गरी प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले देशमा प्राप्त उपलब्धीको रक्षा गर्नु हामी सबैको दायित्व रहेको बताएका छन् । प्रदेश नं. २ मै नमूना रुपमा बनाईएको सो द्वार मटिहानी नगरपालिकाको ५३ लाख १४ हजारको लागतमा निर्माण भएको मटिहानी नगरपालिकाको प्रमुख हरि प्रसाद मण्डले जानकारी दिए ।

मटिहानी नगरपालिकाको प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन कार्यक्रममा प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, पूर्व मन्त्री उमाकान्त झा, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राम प्रकाश यादव, सुरेश पाण्डेय, पार्टीका केन्द्रिय सदस्य राम कुमार मण्डल, महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीका अध्यक्ष मोहन प्रसाद गुप्ता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संतोष शर्मा, वडा अध्यक्ष रामबाबु नायक र प्रा. हेमनारायण लाल कर्ण लगायतका वक्ताहरुले विकास र वर्तमा राजनैतिक परिस्थिति वारे प्रकाश पार्नु भयो ।

Comment


Related News

Latest News

Trending News