अपडेट 
२०७७ माघ २३, शुक्रबार ०७:४९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहमा गणित विषय अनिवार्य गरेको छ।

कक्षा ११ र १२ मा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने भएकाले पाठ्यक्रम विकास परिषद्को बैठकले गणित विषयलाई अनिवार्य गर्ने निर्णय गरेको हो । मन्त्रालयले माध्यमिक तहमा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा माध्यमिक तहमा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको जनाएको छ ।

निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषय अध्ययन गर्न सक्ने व्यवस्था गरेको छ।

Comment


Related News

Latest News

Trending News