अपडेट 
२०७७ माघ २३, शुक्रबार ११:४१

गत मंगलबार आफ्नै आँगनमा खेल्दाखेल्दै हराएका सिराहाका २ वर्षीय बालकको भारतबाट उद्धार ।

सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रयांसु यादव गत मंगलबार आफ्नै आँगनाबाट बेपत्ता भएका थिए । बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हुन् । बालक हराएको ४८ घण्टाभित्रै फेला पारि बिहीबार राति ७ बजेतिर परिवारजनलाई जिम्मा लगाइएको शर्माले बताए ।

बालक कसरी सिराहाबाट भारतसम्म गए भन्ने सन्दर्भमा खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News