अपडेट 
२०७७ माघ २३, शुक्रबार १२:३९

साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार १०० मा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ८९ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । आज प्रतितोला चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News