अपडेट 
२०७७ माघ २३, शुक्रबार १३:४३

सिन्धुली । जिल्लामा बन्चरो प्रहार गरी एक जनाको हत्या भएको छ ।

मरिण गाउँपालिका-३ मथौलीका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै दाजु ४८ वर्षिय चेतबहादुर बम्जनको बञ्चरो प्रहार गरी, खुकुरीले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार बिहीबार दिउँसो बाबुआमासँग आफ्नै घरमा आएर बसेका दाजुलाई घरमै गएर पछाडीबाट बञ्चरोको पासोले हिर्काएका हुन् । भाइले दाजुलाई बञ्चरो प्रहार गरी खुकुरीले घाँटीसमेत रेटेर हत्या गरेका छन् । दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गरेको स्थानीयले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News