अपडेट 
२०७७ माघ २३, शुक्रबार १५:१८

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बिरगंजको परवानीपुर गाउँपालिका– १ रहरियाडिह र प्रसौनी गाउँपालिका– ५ लाई जोड्ने पुलको शिलान्यास गरिएका छन । बाराको दूधौरा नदीमाथि १० करोड १५ लाख रुपैयाँको लागतमा उक्त पुल बन्न लागेको छ ।

शुक्रबार मन्त्री जितेन्द्र सोनलले पुलको शिलान्यास गरेका छन । ८२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणको जिम्मा रायमाझी अबलिक आजाद कम्पनीले लिएको छ । २० महिना भित्र पुल बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेको रमेश सर्राफले जानकारी दिए । यो पुल बनेपछि परवानीपुर गाउँपालिकाको सदरमुकाम कलैयासँग सिधा सम्पर्क कायम हुन्छ । पुल बनेपछि जिल्लाको पश्चिमी भेगमा पर्ने परिवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिकाको खुटवा, बुनियाद, रहरियाडिह, कट्टी टोललाई सिधै सदरमुकामसँग जोड्ने मन्त्री सोनलले बताए ।

Comment


Related News

Latest News

Trending News