अपडेट 
२०७७ माघ २३, शुक्रबार १९:१७

मुख्यमन्त्री लालबाबु राउतले दलित माथिको विभेद अन्त नभए सम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताउनु भएको छ ।

समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको समुदघाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासको लागी पछि पारिएका समुदाय दलित, महिला, मुश्लिम लगायतको उन्नति र विकासको लागी अनेकौ योजनाहरु ल्याएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाहरुको प्रतिफल ५/१० वर्ष पछि समाजले अनूभूति गर्ने बताउनु भयो । संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनिहरुको सहभागिताको परिकल्पना समेत गर्न सक्दैन्थ्यो भन्दै उहाँले त्यसै कारण आफुहरु हरेक ऐन कानूनमा दलित महिला मुश्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान लगायतले सम्बोधन गर्नु भएको थियो ।

Comment


Related News

Latest News

Trending News