अपडेट 
२०७७ माघ २४, शनिबार ०८:०३

नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कुनैपनि हालतमा देशलाई सहि रुपमा सञ्चालन गर्न नसकिने दावी गरेका छन् ।

धनुषाको विहेद नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व उपप्रधानमन्त्रि समेत रहेका उपसभापति निधिले झण्डै दुई तिहाई ल्याएरपनि नेकपाले मुलुकलाई सहि ढंगले सञ्चालन गर्न नसेको बताए । ‘प्रधानमन्त्रि केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधि सभाको विघटन गरेको हो’ उनले भने–‘नेकपाको आफ्नै पार्टी भित्रको आन्तिरिक कहललाई समाधान नगरि देशलाई नै संकटमा धकेलियो ।’ संसद विघटनको काँग्रेसले विरोध गर्दै आएको उल्लेख गर्दै उनले भने–‘संसद विघटन सम्बन्धि मुद्दा अहिले अदालतमा छन्, अदालतले निर्वाचन वा संसद पुर्नस्थापनाको यि दुई विषय मध्ये एक फैसला गर्छन्, सोही अनुसार काँग्रेस अगाडी बढ्छ ।’ काँग्रेस सबभन्दा पुरानो लोकतन्त्रि पार्टी रहेको बताउदै नेता निधीले मुलुकमा जव जव संकट आउँछ, त्यसको समाधान नै काँग्रेसले गर्दै आएको छ, अहिलेको समस्या पनि काँग्रेस नै समाधान गर्ने बताए ।

उपसभापति निधिले नेकपाको भाषण शैली जनता मुखि हुने भएपनि भित्रवाट क्रुर र तानाशाही हुने गरेको उनले टिप्पणी गरेका थिए । उनले जव जव जनतामाथि संकट आउँछ त्यतिवेला भगवान कुनै न कुनै रुपमा आउने गरेको र अगामी दिनमा आउनेमा आफु विश्वस्त रहेको बताएका थिए । काँग्रेसका पुर्व मन्त्री रामकृष्ण यादवले पनि प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमको चर्को आलोचना गरेका थिए । उनले अलोकतान्त्रिक प्रक्रियावाट गरेको संसद विघटनको विरुद्धमा काँग्रेसले घोषणा गरेको विरोधका कार्यक्रममा सहभागी हुनकालागि आग्रह समेत गरेका थिए । काँग्रेस पार्टीनै नेपाली जनताको हक, हित र अधिकारकोलागि उपयुक्त पार्टी रहेको भन्दै उनले नेकपालाई जनताले हेरि सकेको टिप्पणी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News