अपडेट 
२०७७ माघ २४, शनिबार ०८:२३

सप्तरीको रुपनीमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाको पुतला दहन गरेको छ ।

नेकपा प्रचण्ड–माधव समुहका नेता कार्यकर्ताले प्रधानमन्त्रीको असंवैधानिक कदम र प्रहरी दमनको विरुद्धमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुतला दहन गरेको हो । प्रहरी दमन बन्द गर लगायतका चर्का नाराबाजी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरे । पुत्ला दहन पछि भएको कोण सभालाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट निकालेर बालकोट नपु¥याए सम्म आन्दोलन जारी राख्ने बताए । केपी ओलीको गैरसंबैधानिक कदम खारेज नभए सम्म आन्दोलनलाई निरन्तरता दिने बताउदै नेताहरूले प्रहरी लगाएर आन्दोलनलाई दमन गर्ने प्रयास गरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । नेकपा प्रदेश नम्बर २ का सदस्य अरुण कुमार साहको अध्यक्षतामा आयोजित कोणसभामा जिल्ला सदस्यहरु रामभजु यादव, भगवती यादव, दिप नारायण साह लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सदस्य राजु जयसवालले गरे ।

नेकपा प्रचण्ड–माधव समूहले बिहिवार जनकपुरमा नेताहरू माथि भएको प्रहरी आक्रमण र ओलीको असंवैधानिक कदमको बिरोध गर्दै सप्तरीको रुपनी, राजबिराज, कदमाहा, कल्याणपुर, भारदह लगायतका स्थानमा एकसाथ पुत्ला दहन र कोणसभा आयोजना गरेका छन् ।

Comment


Related News

Latest News

Trending News